धादिङ – मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई मलेखुस्थीत राजमार्ग सामुदायिक अस्पतालले विशेष छुट दिने भएको छ ।
बुधबार, राजमार्ग सामुदायिक अस्पतालमा बैंक र अस्पताल प्रशासनबीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्झौता भएको हो । सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले राजमार्ग अस्पतालमा बिलको १५ प्रतिशतसम्म छुट पाउने मेगा बैंक मलेखु शाखाका प्रवन्धक सुर्यकुमार त्रिपाठीले बताए ।
त्रिपाठीका अनुसार अस्पतालले मेगा बैंकका ग्राहकहरुलाई प्राथमिकता दिँदै उपचारमा ‘फास्ट ट्रयाक मेडिकल सर्भिस’ समेत प्रदान गर्ने भएको छ ।
त्यस्तै बैंकका कर्मचारीहरुले पनि अस्पतालमा उपचारका क्रममा २० प्रतिशत सम्म छुट पाउने त्रिपाठीले बताए ।
मेगा बैंकका ग्राहकहरुलाई यसअघि देखि नै देशका विभिन्न अस्पतालहरुले विशेष छुट दिँदै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar