हुम्ला – अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि शकुशल फेला परेका छन् ।
अन्तरजातीय विवाह गरेका कारण दुलही पक्षकाहरुले निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला आठ दिनपछि उनी शकुशल फेला परेका हुन् ।
चन्द्रले गत मंसिर ५ गते मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ल सुन्तलीलाई भगाएर बिवाह गरेका थिए । भागेर बिवाह गरेका उनिहरलाई गत मंसिर २९ गते माईति पक्षले अपहरण शैलिमा घरबाट लगेका थिए । भने सोहिदिनदेखी उनि बेपत्ता भउका थिए ।
उनको खोजीका लागि ३५ जना प्रहरी परिचालन गरिएको थियो। प्रहरीको निरन्तर खोजीका क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिकामा उनलाई भेटिएको प्रहरीले जनाएको छ । बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको हो । अहिले उनलाई सदरमुकाम ल्याइँदैछ ।
उनलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो। रमिला र उनका बुवा प्रहरीको निगरानीमै छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar