काठमाण्डौ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठक सकिएपछि सर्वदलीय बैठक शुरु भएको हो ।
संसदको गतिरोध अन्त्य र एमसीसी लगायतका बिषयमा छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाएको हो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताको सहभागिता छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar