काठमाण्डौ – काठमाण्डौको शंकरापुर नगरपालिका – ३ जर्सिङपौवास्थित रिसोर्टमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् ।
जर्सिङपौवाको लाङटाङ ईको रिसोर्टमा कार्यरत ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका – ९ घर भएकी १९ वर्षीया उर्मिला आले मगर मृत अवस्थामा भेटिएकी हुन् । मृतक उर्मिला र सो रिसोर्टमा काम गर्ने मोरङ लेटाङका अर्जुन मगरसँगै सुतेका थिए । चिसोका कारण कोइला बालेर सुतेका उनीहरु बिहान अबेरसम्म नउठेपछि रिसोर्ट सञ्चालकले ढोका फुटाएर हेर्दा उर्मिला मृत फेला परेकी हुन् । अचेत अवस्थामा फेला परेका अर्जुन उपचारपछि होसमा आएका छन् ।
उर्मिला र अर्जुन लिभिङ टुगेदरमा थिए । झ्याल ढोका बन्द गरेर सुतेको हुनाले निसासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनीहरुले खाटमुनी माकल बालेर सुतेका थिए । उर्मिलाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
अर्जुनलाई आफन्तको जिम्मा लगाइएको डिएसपी न्यौपानेले बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar