हेटौंडा – लेखक तथा श्रष्टा गणेशलाल श्रेष्ठको सालिक चोरी भएको छ ।
भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको सालिक शनिवार राति चोरी भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि नै सालिक स्थापना गरिएको थियो ।
पूर्व परराष्टविद् हिरन्यलाल श्रेष्ठले सो सालिक अनावरण एक कार्यक्रमकाबीच आज अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तर, अनावरण कार्यक्रमको एक दिन अघि शालिक चोरी भएको हो । सालिकको लागि ३ लाख ५० हजार र अन्य व्यवस्थापन गरी कूल ५ लाख खर्च भएको सालिक अनावरण कार्यक्रम तयारी समितिका संयोजक विष्णुगोपाल महर्जनले जानकारी दिए ।
शालिक चोरी भएपछि अनावरण कार्यक्रम पनि आज नहुने भएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष लामाले श्रष्टाको सम्मानस्वरुप गर्न लागिएको यस्तो महान कार्यमा अवरोध पुर्याउने जो कोही भएपनि कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले तत्काल अनुसन्धान गरी घटना घटाउने गिरोहलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । श्रेष्ठ दुई थुङ्गा फूल नामक पुस्तकका लेखक हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar