काठमाण्डौ – काठमाण्डौ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ ।
आज बिहान ६ बजेको तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । उनका अनुसार आज काठमाण्डौमा मौसम बदली हुनेछ ।
तापक्रम अझै घट्दै जाने मौसमविद् शाक्यले बताइन् । ‘तापक्रम अझै घट्दै जानेछ,’ मौसमविद् शाक्यले जानकारी दिइन् । शनिबार काठमाण्डौ उपत्यकाको तापक्रम यो वर्षको आजसम्मकै न्यून २.६ डिग्री सेल्सियस थियो ।
उता तराईका विभिन्न जिल्लामा आज पनि शितलहर चलेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हुस्सु र कुहिरो लागेको छ । मध्याह्नसम्म हुस्सु र कुहिरो हट्ने उनले जानकारी दिइन् । केही क्षेत्रमा आज पनि हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी र हिमाली भू – भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar