काठमाण्डौ – ठेक्का पट्टामा गलत लिखत तयार पारेको आरोपमा काठमाडौं महानगरपालिकाका ५ जना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरका पाँच कर्मचारी विरुद्ध बुधबार बिशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।
काठमाडौं महानगरपालिका वडा नं १२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं. 33185-077-78-NCBW-KMC को लागि सार्बजनिक सूचनामार्फत बोलपत्र आव्हान गरिएको थियो । बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मुल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण ठेक्का लगाईएको थियो । गलत लिखतका आधारमा ठेक्का लगाएको उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।
छानविनका क्रममा प्राप्त प्रमाणहरुका आधारमा प्राविधिक मुल्यांकन प्रक्रियामा सहभागी निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकी विरुद्ध मुद्धा दायर गरिएको हो ।
महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई भने आयोगले भने उन्मुक्ती दिएको छ । ७० करोड रुपैयाँको सो ठेक्का प्रकरणमा मेयर शाक्यसंगै प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले पनि उन्मुक्ति पाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar