हेटौंडा – वागमती प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदैछ ।
मंगलबार, वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरुलाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । नेपाली कांग्रेसले भने मन्त्रिपरिषदमा सहभागी हुने नेताहरुको नाम टुंग्याइसकेको छैन । मुख्यमन्त्री निकट श्रोतका अनुसार नेकपा माओवादी केन्द्रबाट दोलखाका विशाल खड्का, काभ्रेका रत्न ढकाल र चितवनका घनश्याम दाहाल मन्त्री बन्ने भएका हुन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाईं र बसन्त मानन्धर मन्त्री बन्नेसमेत उनले जानकारी दिए। वागमती प्रदेशमा हाल मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिपरिषद छ । हालै मुख्यमन्त्री पाण्डेले प्रदेशका मन्त्रालय संख्यालाई ८ बाट बढाएर १४ पुर्याएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar