दार्चुला – सुदूरपश्चिम प्रदेशमा मन्त्रीका स्वकीय सचिवले खुलेआम दादागिरी मच्चाँउदै आएको पाईएको छ ।
चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयबाट दार्चुलामा छनोट भएका योजना कार्यान्वयन नगर्न भन्दै दबाब दिएको भेटिएको हो । भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीका स्वकीय सचिव ललितबहादुर बोहोराले मन्त्रालयबाट दार्चुलामा छनोट भएका योजना कार्यान्वयन नगर्न भन्दै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलालाई दबाब दिएको प्रमाणसमेत फेला परेको हो ।
स्वकीय सचिव बोहोराले गत मंसिर २४ गते मन्त्रालयको आधिकारिक पत्रमा हस्ताक्षर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि ४८ वटा योजना कार्यान्वयन नगर्न आदेश दिएको पत्रमा उल्लेख छ । उक्त पत्रमा सम्बन्धित निर्वाचन क्षेत्रका प्रदेशसभा सदस्य र स्थानीयले ती योजना कार्यान्वयन नगर्न भनेको उल्लेख छ ।
मन्त्रीका स्वकीय सचिवको पत्रसहितको दवाब आएपछी उक्त योजनाहरु कटौती भएका छन् । कटौती भएकामध्ये सबैभन्दा बढी योजना शैल्यशिखर नगरपालिकाको छ । यस्तै, लेकम गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका, मालिकार्जुन गाउँपालिका, अपिहिमाल गाउँपालिका, महाकाली नगरपालिकालगायतका सिँचाइ तथा तटबन्धका योजनाहरू कटौती भएको स्थानियहरुको भनाई छ ।
आफूहरूले प्रदेशसभाका उपसभामुखमार्फत हाल्न लगाएका योजनाहरु कटौती भएको उनिहरु बताँउछन् । ‘सायद कमिसन नगएका योजनाहरू कटौती गरिएको हुनुपर्छ,’ नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘अग्रिम रूपमा २० प्रतिशत् सम्म माग भएको थियो। पैसा नपठाएकै कारण योजना काटिएको हुनुपर्छ।’ उनले भने । उपसभामुखले भने आफूहरूसँग कमिसन नमागेको उनिहरु बताँउछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar