एजेन्सी – भारतको पश्चिम बंगालको हावडामा दुलहन फर्काउन सुसुराल गएका एक बेहुलाले आत्माहत्या गरेका छन्।
बेहुलाले आत्माहत्या गरेपछी अहिले बेहुली मात्र होइन उनका सबै परिवार अहिले तनावमा छन् । घटना लगत्तै पुगेको प्रहरीले शव कब्जामा लिएर छानविन अघि बढाएको छ ।घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माहत्या गर्नुको कारण खुल्न सक्ने बताएको छ । प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ ।
डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए । उनीहरुको विहेमा एक सय पचास जना जन्ती थिए । उनी डिसेम्बर ८ मा दुलहन फर्काउन दुलहीसहित ससुराल गएका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार ससुरालीमा छोरी ज्वाईका लागी सजावट गरेको कोठामा उनिहरुलाई राखिएको थियो । उनिहरु ढोका बन्द गरेर २ ३ घण्टा बसेका थिए । उनिहरुले सुहागरात मनाईरहेको उनिहरुको आंकलन थियो ।
उता सोहिदिन सुसुरालमा बहुभतेरको तयारी भइरहेको थियो । तर बेहुलाले भने सुसुरालमा झुण्डिएरआत्माहत्या गरेका हुन् । श्रीमानको आत्महत्याप्रति दुलही आस्चर्यचकित छिन् । उक्त बिषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar