काठमाण्डौ – नेपाली काँग्रेसको जारी १४ औँ महाधिबेशनमा नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आजदेखि निर्वाचन प्रक्रियाका लागि निर्वाचित समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको हो । जसअनुसार आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय भएको छ भने आवश्यक सबै प्रक्रिया पुरा गरेर २७ गते बिहान ८ बजेदेखि मतदान हुनेछ । काँग्रेसको महाधिवेशन अन्तरगत शुक्रबार उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ।
निर्वाचनबाट काँग्रेसमा १३४ जनाको पदाधिकारीसहितको केन्द्रीय कमिटी चयन हुनेछ । कांग्रेसमा पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar