काठमाण्डौ – सरकारले सरकारी ठेक्का हत्याउने, गुणस्तरीय निर्माण नगर्ने र समयमै काम सम्पन्न नगर्ने ६ वटा ठेकेदार कम्पनीलाई कारवाही गरेको छ ।
निर्माण कार्यको ठेक्का लिई लामो सयमसम्म विकास निर्माण कार्य अलपत्र पारेको भन्दै नीलगिरी निर्माण सेवासंगै विभिन्न ६ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको हो । नीलगिरी निर्माण सेवाले धादिङको बेनिघाट रोराङस्थित् मलेखु र सिद्धलेक गाँउपालिकाको आरुवासटार जोड्ने पक्कि पुल निर्माणमा ढिलाशुस्ती गरेको छ । योसंगै अन्य आयोजनामा समेत ढिलासुस्ती गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयले नीलगिरी निर्माण सेवा र तिनका मुख्य संचालक युवराज डाँगीलाई कारवाहीका लागी पत्राचार गरेको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको सडक बिभागलाई पत्राचार गर्दै नीलगिरीलाई ३ बर्ष कालोसुचीमा राख्न आदेश दिएको हो ।
त्यस्तै सरकारले नीलगिरीसहित ६ वटा निर्माण कम्पनीलाई समेत कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्ने निर्माण कम्पनीहरुमा एलिट कन्स्ट्रक्सन, च्याङ्ग्रासी निर्माण सेवा,एसएनसी निर्माण सेवा, एसएसएम कन्सट्रक्सन र त्रिदेव निर्माण सेवा रहेका छन् । कालोसुचीमा हालिएको कम्पनीहरुमा नीलगिरीलाई सवैभन्दा धेरै ३ वर्ष, एलिट र च्याङ्ग्रासीलाई २ वर्ष तथा अन्यलाई एक वर्ष तोकिएको छ । अव यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar