काठमाण्डौ – सामसङले फोल्ड गर्न मिल्ने नयाँ फोन ल्याउने भएको छ ।
सामसङले अगस्ट ११ तारिखमा नयाँ फोन सार्वजनिक गर्नेछ । अगस्ट ११ मा भर्चुअल अनप्याक्ड इभेन्ट गर्ने तयारी छ । जसमा थुप्रै नयाँ उपकरण सार्वजनिक हुने घोषणा गरिएको छ । सामसङले कस्ता उपकरण सार्वजनिक गर्ने भनेर खुलाएको छैन । नयाँ पोस्टरमा देखिएअनुसार नयाँ फोल्डएबल फोन ‘ग्यालेक्सी जेड फोल्ड–३’ र ‘ग्यालेक्सी जेड फिल्प – ३’ सार्वजनिक हुन सक्नेछ ।
फोल्ड गर्न मिल्ने फोनको डिजाइन जस्तै देखिने दुइटा चित्र देखिन्छ । चित्रको माथि गेट रेडी टु अनफोल्ड भनेर क्याप्सन लेखिएको छ । कम्पनीले फोल्ड गर्न मिल्ने फोन ल्याउन लागेको हो भनेर प्रष्ट बुझिन्छ । ‘ग्यालेक्सी जेड फोल्ड – ३’ र ‘ग्यालेक्सी जेड फिल्प – ३’ फोनका जानकारीहरू इन्टरनेटमा लिक भइरहेका थिए ।
अन्डर डिस्प्ले क्यामरा हुने यी फोल्डअेबल फोनले एस पेन प्रो सर्पोट गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar