सर्लाही – नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंह आफ्नै क्षेत्रमा महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन्।
मंगलबार सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्। सभापतिका दाबेदार शेखर कोइरालाको निकट उनी मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा थिए । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्रीको उम्मेदवार भन्ने आकांक्षा च्याप्टर क्लोज भएको छ ।
सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले बताए । देउवा निकट रायले भने, ‘सर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप पारेको छ ।’
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेकोले आफूहरु पराजित हुन परेको सिंह पक्षको आरोप छ । सभापति रायका अनुसार क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको छ भने क्षेत्र नम्बर १ मा मतगणना जारी छ । क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरू भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar