सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ ।
मंगलबार, कार्यपालिकाको बैठकका क्रममा अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो । किसानलाई गहुँको बिऊ वितरण गर्ने विषयमा उनीहरुबीच विवाद भएको हो । विवादले उग्र रुप लिएपछी उपाध्यक्षले अध्यक्षमाथी कुर्सी प्रहार गरेकी हुन् । कुर्सी प्रहारबाट अध्यक्ष मण्डलको दुईवटा दाँच भाँचिएको छ ।
घटनामा प्रत्यक्षदर्शी रहेका वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्र यादवका अनुसार किसानलाई गहुँको बिऊ वितरणको विषयमा उनीहरुबीच विवाद भएको थियो । ‘यही विषयमा भनाभन भएपछि उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्नुभयो । त्यही क्रममा झडप हुँदा अध्यक्षज्यूको दुई वटा दाँत भाँचिएको छ’ उनले भने ।
अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण गाउँपालिकाको पछिल्लो दुई बर्षको गाउँसभा हुन नसक्दा कर्मचारीले तलब नपाएको भन्दै आन्दोलन गरेका थिए । कर्मचारीको आन्दोलनपछि एक साताअघि मात्रै गाउँसभा भएको थियो । उपाध्यक्षले कुर्सी उठाएर अध्यक्षमाथि प्रहार गर्न खोज्दा उनकै हातको चुरासमेत फुटेको वडा अध्यक्ष यादवले बताए । ‘उहाँको हातमा सामान्य चोट पनि लागेको हामीले हेर्यौं’ उनले भने । घटनापछि अध्यक्ष र उपाध्यक्षको मोवाइलमा सम्पर्क हुन सकेको छैन ।
सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले घट्नाबारे आफूहरुले पनि जानकारी पाएको बताए । ‘घटनापछि उहाँहरु आफैं घरतिर जानुभएको रहेछ । कुनै पनि पक्षले प्रहरीलाई जानकारी गराएको छैन’ उनले भने ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar