काठमाण्डौ – अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत रकम अनियमित तरीकाले खर्च भएको पाइएको छ ।
महालेखा परिक्षकको अन्ठाउन्नौं प्रतिवेदन २०७८ ले एमसीसी सम्झौता विपरित नेपालबाट थप ४१ करोड ६४ लाख ३२ हजार खर्च भएको उल्लेख गरेको छ । एकातिर अनुमोदन हुनुअघि नै खर्च हुनु अनियमित हो भने अर्कातिर सम्झौता विपरित नै प्रशासनिक कार्यमा समेत नेपालले करोडौं खर्च गर्नु सरकारको ढुकुटीको अपव्यय मात्रै भएको जानकारहरुले बताएका छन् ।
महालेखाको प्रतिवेदनले सम्झौता बमोजिम कार्यान्वयन पूर्वको चरण कम्याक्ट डेभलपमेन्ट फन्ड (सिडिएफ) अन्तर्गत नेपालले विद्युत प्रसारणलाईन परियोजनामा मात्रै खर्च गर्नुपर्नेमा त्यस विपरित खर्च भएको जनाएको हो । प्रशासनिक क्षेत्रमा खर्च गर्न नपाउने व्यवस्था हुँदाहुँदै खर्च हुुनु कानूनको धज्जी उडाउनु हो ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार कार्यक्रम व्यवस्थापन र प्रशासनिक क्षेत्रमा वातावरणीय प्रभाव मुल्याकंनका लागि मात्रै ७ हजार अमेरिकी डलर खर्च गरेको छ भने सिडिएफ अन्तर्गत नै कम्याक्ट विकासका लागि ३ हजार ८९ डलर मासिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar