काठमाण्डौ – कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले अपाङ्गता भएका व्यक्तिले अन्य नागरिक सरह स्वास्थ्य सेवा पाउनुपर्नेमा जोड दिएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तो जोड दिइएको हो । ‘हाम्रो प्राथमिकता आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने मुल नाराका साथ मनाइएको कार्यक्रममा अपाङ्गता भएका नागरिकमध्ये ८० प्रतिशत पुनर्स्थापना सेवा पहुँचभन्दा बाहिर रहेको शाखाका प्रमुख डा. रविन्द्र बास्कोटाले जानकारी दिए । यस्तै, ६४.८ प्रतिशत अपाङ्ग नागरिक स्वास्थ्य सूचनामा पहुँच नभएको पाइएको उनले सुनाए ।
नेपालमा ५ लाख अपाङ्ग नागरिक छन्, जसमध्ये ३६ प्रतिशत शारीरिक अपाङ्ग छन् । डा. बास्कोटाका अनुसार सरुवा रोगबाट नसर्ने रोगको व्यापकता बढ्दै गएको कारण अपाङ्गता भएका नागरिकको संख्या वृद्धि भएको छ । रोगका कारण दीर्घकालीन अपाङ्गता भएका व्यक्तिलाई पुनर्स्थापना गर्न समस्या भएको उनले बताए ।
यस्तै अपाङ्गता रोकथाम तथा पुनस्र्थापनाका लागि पर्याप्त जनशक्ति र बजेटको कमी रहेको समेत उनले सुनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar