काठमाण्डौ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व सत्तारुढ दलकै सांसदहरुले महाअभियोग लगाउने तयारी थालेका छन् ।
शुक्रबार राजधानी काठमाण्डौमा आयोजित् एक कार्यक्रममा सत्तारुढ दलकै सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका हुन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा ९माओवादी केन्द्र०का सांसद रामनारायण बिडारीले प्रधानन्यायाधीश राणाविरुद्ध संसदमा महाअभियोग लगाउने तर्खर भइरहेको दाबी गरे ।
कांग्रेसका राष्ट्रियसभा सांसद अधिकारीले प्रधानन्यायाधीशको बहिर्गमनका लागि महाअभियोग नै संविधानसम्मत भएको बताए । उनले अदालतका कुनै पनि न्यायाधीश कानुनभन्दा माथि छैन भन्ने पुष्टि गर्न पनि प्रधानन्यायाधीशविरुद्व महाअभियोग लगाउन ढिलाइ गर्न नहुने सुझाव दिए।
त्यस्तै माओवादी सांसद विडारीले मंसिर २८ गते आह्वान गरिएको संघीय संसदको बैठक महाअभियोग लगाउने प्रयोजनका लागि भएको बताए । उनले प्रधानन्यायाधीश राणालाई भ्रष्टको संज्ञा दिँदै ११ सदस्यीय संसदीय छानवीन समिति गठन हुने पनि जिकिर गरे । त्यस्तै बिडारीले महाअभियोग लगाएपछि मात्रै प्रधानन्यायाधीश राणाको बर्हिगमन हुने दावी गरका हुन् ।
दलहरुले प्रधानन्यायाधीशलाई पदबाट हटाउन छलफल गरिरहेको सांसद बिडारीको भनाइ थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar