काठमाण्डौ – नेकपा एमालेको जारी महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड रुपैयाँ बढी खर्च भएको छ ।
मतदान कार्य सकिएलगत्तै पत्रकारहरुसंग कुरा गर्दै एमाले कार्यालय सचिव शेरबहादुर तामाङले दुई दिनका लागि तय भएको महाधिवेशनमा अर्को दुई दिन थपिँदा डेढ करोड खर्च बढेको जानकारी दिए ।
एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म तय भए पनि तोकिएको समयमा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुन नसकेपछि दुई दिन लम्बिन पुगेको थियो । १२ गते एक दिन सहमतिको प्रयास गरिँदा निर्वाचन कार्यक्रम र बन्द सत्र प्रभावित भएको थियो भने त्यसपछि निर्वाचन कार्यक्रम अघि बढाउँदा आज सम्म लाग्न पुगेको हो ।
तामाङले दुई दिन महाधिवेशन लम्बिँदा करिब १ करोड ५० लाख बढी खर्च भएको बताए । यद्यपि यसको यकिन विवरण पछि प्राप्त हुने उनको भनाइ छ । उनका अनुसार हालसम्म महाधिवेशनमा मात्र करिब ९ करोड खर्च भएको छ । एमालेको महाधिवेशनले आज नयाँ नेतृत्व चयन गर्दै सक्ने तयारी छ ।
महाधिवेशनमा एमालेका २१५३ प्रतिनिधि सहभागी थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar