चितवन – सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनस्थल चितवनमा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको बेला अध्यक्षका प्रत्यासी भीम रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा बाँडेका छन् ।
मतदान गर्न लाइनमा बसेका प्रतिनिधिहरुलाई अध्यक्षका प्रत्यासी रावललगायतका उम्मेदवारहरुलाई कुनै हालतमा भोट नहाल्न भन्दै ओली पक्षले सो पर्चा बाँडेका हुन् । मतदानमा सहभागी प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको दुई खालको पर्चा बाँडिएको छ । त्यसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि छ ।
यद्धपी रावलले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । एमाले महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आज बिहान ४ बजेदेखि मात्र मतदान सुरु भएको छ ।
यसअघि पनि रावलको पक्षमा भोट माग्दै पर्चा बाँड्ने कार्यकर्ताहरुलाई एमालेका स्वयंसेवकहरुले बन्दसत्र हलको परिसरबाट बाहिर निकालेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar