काठमाण्डौ – सरकारले विदेशबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशबाट आउने यात्रुलाई अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो । साथै, बैठकले विमानस्थलसहित नाकामा पनि कडाइ गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।
उनले कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमाइक्रोनको समिक्षा समेत भएको बताए । नयाँ भेरिएन्टबारे विश्व स्वास्थ्य संगठनले अध्ययन जारी राखेको र एकसातामा यसबारे विस्तृत जानकारी आउने प्रतिक्षामा सरकार रहेको समेत मन्त्री खतिवडाले बताए ।
‘अहिले वैज्ञानिकहरु नयाँ भेरिएन्ट कस्तो प्रकारको हो भन्नेबारेमा अध्ययनमा जुटेका छन् । एकसातासम्म यसबारे जानकारी आउनेछ भन्ने सरकारको आशा छ’ उनले भने, ‘त्यसपछि अहिलेकै खोप अभियानलाई निरन्तरता दिने वा बुस्टर डोज लगाउने निर्णय हुनेछ ।’ उनले भने ।
ओमाइक्रोमक भेरिएन्ट भेटिएका मुलुकबाट हुने हवाइ उडानबारे आगामी साता निर्णय गर्ने जानकारी पनि उनले दिए । विश्व स्वास्थ्य संगठनका अनुसार सोमबारसम्म विश्वका १४ मुलुकमा नयाँ भेरिएन्ट संक्रमण पुष्टि भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar