काठमाण्डौ – नेकपा एमालेका नेता लालबाबु पण्डितले अव पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् ।
सोमबार, सामाजिक सञ्जाल मार्फत् पण्डितले यस्तो घोषणा गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पण्डितले आफू पार्टीको कार्यकारी पदमा नरहेको घोषणा गरेका हुन् । नेता पण्डित एमालेको उपाध्यक्षका आकांक्षी थिए । तर, सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् ।
अध्यक्ष ओलीले हिजो प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यको सूचीमा पण्डितको पनि नाम थियो । यद्धपी पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।
सो पदमा ओलीले नसमेटेपछि उनी असन्तुष्ट बनेका हुन् । पण्डितले आफू केन्द्रीय सदस्यमा नबस्ने बताए । ‘म एमालेको केन्द्रीय सदस्य रहन्न’ उनले भने, ‘यो विषयमा पार्टीलाई पनि जानकारी गराइसकेको छु ।’
पण्डितले सामाजिक सञ्जालमा आजैदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको बताउँदै दसौं महाधिवेशनबाट विजयीहरूलाई शुभकामना दिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar