काठमाण्डौ – नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका छन् ।
एमालेको बिधान अनुसार उमेरहदका कारण एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिएका हुन् । बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहेका छन् । एमालेको विधानअनुसार ७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न पाउँदैनन् । उनीहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले नरोक्ने बताईएको छ ।
एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष थिए । उमेरले ७३ वर्ष पुगेका उनले पार्टी नेतृत्वबाट अवकाश पाएका छन् । यसैगरी मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेका छन् । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज थिए । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य थिए । यस्तै पाण्डे चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए । उनलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।
उमेरहदका कारण पार्टी नेतृत्वबाट बाहिरिएका नेताहरुले अव पार्टीको सल्लाहकार वा विभन्न मञ्चहरुमा बसेर योगदान दिन सक्नेछन् । त्यस्तै एमालेभित्र भने उनीहरूको सक्रिय राजनीतमा भने पूर्णविराम लागेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar