चितवन – नेकपा एमालेको जारी महाधिबेशनका क्रममा बरिष्ठ उपाध्यक्ष पदमा दावी गरेका पार्टी संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ अव ईश्वर पोखरेल भन्दा जुनियर भुमिकामा रहने भएका छन् ।
हिजो बन्दशत्र स्तगित गरी पार्टी अध्यक्ष ओलीले छलफल गर्दा नेम्वाङले आफुले वरिष्ठ उपाध्यक्ष पदमा दावी नछाड्ने बताएका थिए । उता ओलीले भने हाल महासचिव रहेका ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष पद सुम्पन नेम्वाङलाई आग्रह गरेका थिए । पदाधिकारीसहितको केन्द्रीय कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको बेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा दावी नछाड्ने भन्दै चेतावनी नै दिएका थिए ।
नेम्वाङले पोखरेललाई नेता नमान्ने भन्दै ओलीसामु आग्रह गरेका थिए । पार्टीमा आफुभन्दा सिनियर ओलीमात्र भएकाले ओलीपछीको बरियतामा आफै हुनुपर्ने भन्दैनेम्वाङले बरिष्ठ उपाध्यक्षमा दावी गरेका थिए । ‘एमालेमा मेरो नेता केपी ओली मात्र हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई ईश्वर पोखरेल भन्दा जुनीयर बनायर उपाध्यक्षमा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’ नेम्वाङले भनेका थिए ।
तर नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलको मात्र दावी छ । अघिल्लो दिन पोखरेललाई अस्वीकार गरेका नेम्वाङले आज उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म पनि दावी गरेका छैनन् । अव वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित हुने भएका हुन् । बरिष्ठ उपाध्यक्षमा पोखरेल निर्विरोध निर्वाचित भएपछी अव एमालेमा नेम्वाङ पोखरेल भन्दा जुनियरको भुमिकामा रहने भएका छन् ।
त्यस्तै महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको केन्द्रीय निर्वाचन आयोगका एक सदस्यले जानकारी दिए । त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको पनि उम्मेदवारी परेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar