चितवन – नेकपा एमालेको जारी महाधिबेशनको निर्वाचनमा उम्मेदवारी दर्ता गराउनका लागि निर्वाचन अयोगले शुल्क तयार गरेको छ।
जसमा अध्यक्षमा १५ हजार, पदाधिकारीमा १० हजार, केन्द्रीय सदस्यमा ५ हजार, आयोग अध्यक्षमा १० हजार, पदाधिकारी तथा सदस्यमा ५ हजार शुल्क तोकिएको छ । उम्मेदवारी दरखास्त फारमको पनि छुट्टै रकम तिर्नुपर्नेछ । फारम दस्तुर बराबर १०० रुपैयाँ तोकिएको छ ।
उम्मेदवारी दर्ता सम्बन्धी व्यवस्थामा उम्मेदवार फारम दर्ता उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने व्यवस्था पनि गरिएको छ। विशेष कारण उपस्थिति हुन नसकेमा आयोगले तोकेबमोजिमको वारिसनामामार्फत दर्ता गर्न सकिने जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar