चितवन – नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष पदमा डा. भिम रावलले उम्मेदवारी दर्ता गरेका छन् ।
अध्यक्षका पदका लागि उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । उनले पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा नहुने भन्दै आफूले अध्यक्षका लागि उम्मेदवारी दिएको बताए ।
‘पार्टीमा अहिले कुनै समूह छैन’, उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले पनि आफ्नो अधिकार प्रयोग गरें ।’ उनले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन उम्मेदवारी दिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar