चितवन – नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु गर्ने तयारी भएको छ ।
आइतबार विहान १० बजे सुरु हुने भनिएको बन्दसत्र केन्द्रीय नेतृत्वमा सहमति खोज्न दिनभर सुरु गरिएन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगएका थिए भने पदाधिकारीमा भने सहमति हुन सकेको छैन । यद्यपि आइतबार राति ८ बजेपछि भने बन्दसत्र सुरु हुने होटल सेभेन स्टारमा प्रतिनिधिहरु आउन थालेका छन् ।
प्रतिनिधिहरु बन्दसत्र सञ्चालन हुने हलमा भेला हुन थालेपछि बाहिर सुरक्षा सतर्कता बढाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar