काठमाण्डौ – नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा सुधार ल्याउन १० वटा सूत्र अघि सारेका छन् ।
आइतबार, काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले ‘कांग्रेसको अबको बाटो’ भन्दै १० सूत्र सार्वजनिक गरेका हुन् । पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको भन्दै पौडेलले रूपान्तरणका लागि १० सूत्र अघि सारेको बताएका छन् । आफुले लोकतन्त्र र समाजवादको पक्षमा जीवनभर वकालत गरेको, तर अहिले भने पार्टीभित्रै लोकतन्त्रमाथि चुनौती पैदा भएको पौडेलले उल्लेख गरेका छन् ।
पत्रकार सम्मेलनमा महामन्त्री डा. शशांक कोइराला नेताहरु रामशरण महत, कमला पन्त, अर्जुनरसिंह केसी, जीवन परियारलगायतको उपस्थिति थियो । महाधिवेशनमा नीति र कार्यक्रम बारे छलफल नहुने अवस्था आएकाले छलफलका लागि आफूले १० बुँदै प्रस्ताव अघि सारेको पौडेलको भनाई थियो ।
नेपाली कांग्रेसले महाधिवेशनबाट नेतृत्व मात्रै चयन गर्ने र पछि विधान महाधिवेशन गर्ने जनाएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाण्डौमा हुँदैछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar