चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्षमा डा.भीम रावल र महासचिवमा ईश्वर पोखरेललाई दोहोर्याउने शंकेत गरेका छन् ।
नेकपा एमालेमा ३०१ केन्द्रीय सदस्यहरुको सूची तयार पार्ने जिम्मा पाएका चार नेताले पदाधिकारीमा सहमति गर्ने नयाँ विकल्पका रुपमा सुझाँएका हुन् । ओलीले केन्द्रीय सदस्यहरुको सूची बनाउने जिम्मा संगठन विभाग प्रमुख विष्णु पौडेल र शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीलाई दिएका थिए ।
उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन् । उनीहरुले केन्द्रीय सदस्यहरुको सूची बनाएर अध्यक्ष ओलीलाई बुझाउने क्रममा वरिष्ठ उपाध्यक्षमा डा.रावल र महासचिवमा पोखरेललाई दोहोर्याउन सुझाव दिएका हुन् । उता अध्यक्ष ओलीले भने त्यसबारे कुनै प्रतिक्रिया नदिएको बुझिएको छ ।
सौराहामा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले हिजो शुक्रबार डा.भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच पदाधिकारीसहित केन्द्रीय कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।
उनीहरुले पदाधिकारीमा सहमतिको विकल्पहरु पनि सुझाएका छन्, जसमध्ये पहिलो विकल्प भीम रावललाई वरिष्ठ उपाध्यक्ष बनाउने र ईश्वर पोखरेललाई महासचिवमा दोहोर्याउने छ । रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् भने पोखरेल वरिष्ठ उपाध्यक्षका दावेदार हुन् । उनीसँगै संसदीय दलका उपनेता सुवाङ नेम्वाङले पनि वरिष्ठ उपाध्यक्षमा दाबी छाडेका छैनन् ।
यो विकल्पअनुसार सहमति खोज्दा पोखरेललाई महासचिव बनाउन विधान संशोधन गर्नुपर्छ । स्रोत भन्छ, ‘अध्यक्षलाई सर्वाधिकार दिने प्रस्तावको विपक्षमा उभिएका घनश्याम भुसाललाई उपमहासचिवमा दोहोर्यायाउने तयारी छ । उहाँलाई सम्झाउने जिम्मा सचिव पृथ्वीसुब्बा गुरुङलाई दिने भनिएको छ ।’
साथै पदाधिकारीमा अरु नेतारुको व्यवस्थापन पनि सहज छैन । एक नेताका अनुसार पदाधिकारीमा सहमति खोज्न अध्यक्ष ओली आफैं छलफलमा जुटेका छन् । उनले सचिवमा दाबी गरेका नेताद्वय गोकुल बास्कोटा र महेश बस्नेतसँग छलफल गरिसकेका छन् भने सुवास नेम्वाङ र भीम रावलसँग पनि छलफल गर्ने तयारीमा छन् ।
नेम्वाङ ओलीबाहेक अरुलाई नेता नमान्ने सन्देश दिएर बन्दसत्र स्थलतिर गइसकेका छन् भने रावल ओली बसेको होटल परिसरमा आएकै छैनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar