काठमाण्डौ – मौद्रिक नीति समीक्षा पछि शेयर बजारमा थप पहिरो गएको छ ।
शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भएपछिको आज पहिलो कारोबारमा उच्च गिरावट आएको छ । बजार परिसूचक नेप्से एकै दिन ८० अंकले ओरालो लागेर २६ सय ५१ मा आएर थामिएको छ । समीक्षामा बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपातको व्यवस्थामा केही लचलकता अपनाइए पनि मार्जिन लेण्डिङ सिमा भने यथावत नै गरिएसंगै लगानीकर्ता थप निराश भएको विश्लेषण गरिएको छ ।
यस दिन कारोबार भने केही बढेर ६ अर्ब नजिक पुग्यो । सबै समूह राताम्मे रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च ५ सय ३७ अंकको गिरावट आयो । निर्जीबन बीमा समूह पनि ४ सय अंक हाराहारीले झर्यो । विकास बैंक समूहमा साढें २ सय अंक बढीको गिरावट आयो । उत्पादनमूलक समूह २ सय अंक बराबरले झर्यो ।
व्यापार, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त समूह पनि सय अंक बढीले ओरालो लागे । वित्त, अन्य र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओर्लिए । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३४ कम्पनीको १ करोड १९ लाख कित्ता शेयर ५ अर्ब ८४ करोड बराबरमा किनबेच भएको एक्चेन्जले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar