धादिङ – नेपाली काँग्रेस सिद्धलेक गाँउपालिकाकी नेतृ रश्मिला माझी नेकपा एकिकृत समाजवादीमा प्रबेश गरेकी छन् ।
शनिवार, नेकपा एकिकृत समाजवादी पार्टी सिद्धलेक गाँउपालिका वडा नं. ६ को वडा स्तरिय भेलामा काँग्रेस नेतृ माझी समाजवादीमा प्रबेश गरेकी हुन् । माझीले पछिल्लो समय नेपाली काँग्रेस अलोकतान्त्रिक बनेको दलित, जनजातीको पक्षमा नरहेको भन्दै पछिल्लो समय नेकपा एकिकृत समाजवादी पार्टीले सवैको मनछुने काम गरेको भन्दै समाजवादीमा प्रवेश गरेको बताएकी छन् ।
पार्टी प्रवेश गरेलगत्तै माझीले अव समाजवादी पार्टीको नेतृत्व आफै गर्ने समेत बताएकी छन् । ‘जन्मेदेखी नै काँग्रेसको झण्डा बोकेँ अव कम्युनिष्ट पार्टीको झण्डा बोक्छु, सिद्धलेकको बिकासको लागी नेतृत्व गर्ने रहर लागेको छ, नेतृत्व गर्ने जिम्मा मलाई दिनुहोस्’ – माझीले भनिन् । नेतृ माझी नेपाली काँग्रेस धादिङ क्षेत्र नं. १ ख की क्षेत्रीय प्रतिनिधी समेत हुन् ।
उता माझीको आग्रहलाई स्विकार गर्दै नेकपा एकिकृत समाजवादीले पनि उनलाई वडा कमिटीको उपाध्यक्षको जिम्मेवारी दिएको छ । त्यस्तै पार्टीको अध्यक्षमा गंगा बहादुर घले, सचिवमा रामकुमार श्रेष्ठ सहित ३१ सदस्यिय वडा कमिटी गठन गरिएको छ । त्यस्तै रमेश श्रेष्ठको अध्यक्षतामा ९ सदस्यि युवा संघ गठन गरिएको नेता रामकुमार श्रेष्ठले जानकारी दिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar