धादिङ – नेकपा माओवादी केन्द्र धादिङले जिल्लाको १२ स्थानिय तहमा अधिवेशन सम्पन्न गरको छ ।
हिजो शनिवार गजुरी बाहेकका १२ वटा स्थानीय तहमा पार्टी अधिवेशन सम्पन्न गरको माओवादी केन्द्र धादिङले जनाएको छ । गजुरी बाहेकको अन्य पालिकामा सर्वसहमतिमा कार्यसमिति चयन गरेको माओवादी केन्द्र धादिङले जनाएको छ । गजुरीमा भने अध्यक्ष पदका लागि विवाद भएपछि अधिवेशन स्थगित भएको हो ।
जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकामा शम्भु श्रेष्ठ अध्यक्ष निर्बाचित् बनेका छन् । यस्तै ज्वालामुखिमा दिपक बस्नेत, धुनीबेसीमा राजकुमार पाठक, थाक्रेमा जिन्दगी थापा, गल्छीमा रामशरण सेन्चुरी, बेनीघाट रोराङमा राजेन्द्र कंडेल, सिद्धलेकमा पुष्प थपलिया, रुबीभ्यालीमा कर्मा लामा, खनियाबासमा लालबहादुर तामाङ, गंगाजमुना गाउँपालिकामा रामेश्वर सिंखडा, त्रिपुरासुन्दरीमा देवराज धरेल र नेत्रावती डवजोङमा प्रम तामाङ निर्वाचित भएको माओवादी केन्द्र धादिङले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar