चितवन – नेकपा एमालेको जारी महाधिबेशनको बन्दशत्रमा पार्टीको पदाधिकारीसहितका केन्द्रीय सदस्य प्रस्तावको जिम्मेवारी केपी ओलीलाई दिईएको छ ।
जारी बन्दशत्रमा ओली ईतरका नेताहरुले पार्टीको पदाधिकारीसहितका केन्द्रीय सदस्यहरुमा सशक्त दावी गरेपछी ओली निकटका नेताहरुले प्रस्तावको जिम्मेवारी केपी ओलीलाई दिएका हुन् । उक्त प्रस्ताव पारित भएको नेताहरुले दावी गरेका छन् । प्रस्ताव पारित भएपछी अव एमालेका १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी पार्टी अध्यक्ष ओलीले पाएका हुन् ।
सौराहामा जारी दशौं महाधिवेशन बन्दसत्रको सिंगो हलले अध्यक्ष ओलीलाई उक्त जिम्मेवारी दिएको हो । ‘सिंगो हलले अध्यक्ष केपी शर्मा ओलीलाई १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मेवारी दिएको छ’ केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले भने । बन्दसत्र अहिले जारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar