चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका छन् ।
महाधिबेशनको बन्दशत्र सुरुहुनु अगावै स्थायी कमिटी सदस्य नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षको दाबी छाड्न आग्रह गरेका हुन् । छलफलका क्रममा ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाडेको खण्डमा आगामी निर्वाचनपछि राष्ट्रपति बनाउने आश्वासन समेत दिएका छन् । नेम्वाङ निकट नेताहरुका अनुसार आगामी निर्वाचनपछी एमालेको दुई तिहाई बहुमत आउने र सरकारको नेतृत्व आफुले गर्ने बताँउदै ओलीले राष्ट्रपति बन्ने अवसर नेम्वाङलाई दिने भन्दै आश्वासन दिएका छन् । उनले समयमै बिचार गर्न भन्दै नेम्वाङलाई चेतावनी दिएझै आग्रह गरेका छन् ।
ओलीले हालका महासचिव ईश्वर पोखरेलका लागि उक्त पद छाडिदिन पटक पटक आग्रह गरेका नेम्वाङ निकट नेताहरुले बताएका छन् । ‘ईश्वर पोखरेल दुई – दुईपटक महासचिव भइसक्नुभयो। उहाँको व्यवस्थापन गर्न अन्य पद छैन । त्यसैले वरिष्ठ उपाध्यक्ष उहाँलाई नै बन्न दिनुस्’ ओलीले पटक पटक नेम्वाङलाई गरेको आग्रहबारे जानकारी पाएका ती नेताले भने ।
उता ओलीको आग्रहलाई भने नेम्वाङले ठाडै अस्वीकार गरेका छन्। ओलीले बारम्बार आग्रह गरेपछी नेम्वाङले पनी ओलीको आग्रहलाई ठाडै अस्वीकार गर्दै झुठा आश्वासन नदिन भन्दै जवाफ फर्काएका छन् । ९ औँ महाधिबेशनमा आफ्नै अगाडी झलनाथ खनाललाई आफुलाई जस्तै राष्ट्रपतिको आश्वासन दिएर धोका दिएको स्मरण गराँउदै अनाबश्यक आश्वासन नबाड्न नेम्वाङले ओलीलाई चेतावनी दिएको ति नेताले बताए ।
नेम्वाङले ओलीको आग्रहलाई बेवास्ता गर्दै आफू वरिष्ठ उपाध्यक्षको दावी नछाड्ने स्पष्ट पारेका छन् । प्रतिस्पर्धा भएको अवस्थामा पनि आफूले सोही पदमा प्रतिस्पर्धा गर्ने जवाफ फर्काएपछी अहिले ओलीले नेम्वाङलाई किक आउट गरी ईश्वर पोखरेलका लागी लविङ सुरु गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar