नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ ।
काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जीव शर्मा दास नगढुंगामा सवारीको आवामगन प्रभावित भइरहेको बताउँछन् । ‘सुरुङमार्ग बनिरहेको स्थानभन्दा माथि जाम छ,’ उनले भने,’तर, जाम हुन नदिन उचित व्यवस्थापनको प्रयास भइरहेको छ ।’
नागढुंगा प्रहरीका अनुसार जाम हुन नदिन राजमार्गमा सकेसम्म मालबहाक सवारी रोकिएको छ । यात्रुबहाक सवारीको चाप बढेकाले अत्यावश्यक बाहेकका मालवस्तु बोकेर आएका सवारीलाई राजमार्गका विभिन्न ठाउँमा रोकेर राखिएको हो ।
आज काठमाडौंबाट फर्पिङ सिस्नेरी हुँदै मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मत तथा बिस्तारको काम भइरहेकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar