काठमाण्डौ – नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले साइबर सर्कल गठन गरेको छ ।
यसअघी तात्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधीसभा संसद विघटन गरेका बेला ओलीको बचाउका लागी गठन गरिएको साईवर सेनालाई आज एक कार्यक्रम आयोजना गरी युवा संघ नेपालले साइबर सर्कल गठन गरेको हो ।
आज बुधबार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्कलको उद्घाटन गरेका हुन् । यसअघी पनी उक्त दस्ता गठन गरिएको थियो । तर एमाले ्उपमहासचिव घनश्याम भुषालले उक्त दस्तालाई साईवर स्यालको उपनाम दिएपछी उक्त दस्ता निस्क्रीय भएको थियो ।
तर पछिल्लो समय पार्टी तथा युवा संघले गरेको कामको प्रचार गर्न र पार्टीविरुद्ध दुस्प्रचार हुन थालेको भन्दै पार्टी अध्यक्ष केपी ओलीले उक्त सर्कल गठन गराएका हुन् । अव पार्टी तथा युवा संघले गरेको कामको प्रचार गर्न र पार्टीविरुद्धहुने दुस्प्रचाविरूद्ध साइबर सर्कल सक्रिय हुने नेताहरुले दाबी गरेका छन् ।
युवा संघ अन्तर्गत विभागको रुपमा साइबर सर्कल रहने बताइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar