धादिङ – नेकपा माओवादी केन्द्र धादिङले जिल्लाका अधिकांश वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ ।
शनिबार, देशव्यापी रुपमा भएको वडा स्तरिय अधिबेशनमा माओवादी केन्द्रले जिल्लाको ९७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । शनिबार साँझसम्म नीलकण्ठ, नेत्रावती, धुनिबेसी, थाक्रे, बेनिघाट, ज्वालामुखी, गंगाजमुना गरि ७ वटा पालिकाका सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ ।
१०४ वडा रहेको धादिङमा ९७ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको र ७ वटा वडामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी रहेको जिल्ला संयोजक विजय बुर्लाकोटीले बताएका छन् । संयोजक बुर्लाकोटीका अनुसार गजुरी – ४, सिद्धलेक – ४, गल्छी – ७, त्रिपुरासुन्दरी – ५ र रुबिभ्याली -१ नम्बर वडामा सर्वसम्मतको निम्ति छलफल जारी छ ।
अधिवेशन सम्पन्न सबै वडामा सर्वसम्मत कमिटी गठन भएको माओवादी केन्द्रले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar