काठमाण्डौ – सर्वोच्च अदालत परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेपछि अदालत असापास सुरक्षाकर्मीहरुको परिचालन गरिएको हो ।
बिहीबार अदालत परिसरमा बारको आगुवाईमा प्रदर्शन गर्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि बारले आज शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना बस्ने र प्रधानन्यायाधीशलाई प्रवेश गर्न नदिने बताएको थियो । अहिले अदालत परिसर र बाहिर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति छ ।
अदालत परिसरभित्रै प्रदर्शन भएपछि बिहीबारदेखि सर्वोच्च परिसरमा सशस्त्र प्रहरी पनि सुरक्षाका लागि खटिएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar