काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सर्वोच्च अदालतमा प्रवेश गर्नै नपाउने भएका छन् ।
बिहीबार आफूहरुमाथि धरपकड गरेको विरोधमा आज (शुक्रबार) प्रधानन्यायाधीशलाई सर्वोच्च अदालत प्रवेश गर्नै नदिने भएका हुन् । बिहिबार, नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनको टोलीले सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई भेटी आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्चको मूल गेटमा रोक्ने जानकारी गराएका सर्वोच्च बारका सदस्य अधिवक्ता डा.रामहरि त्रिपाठीले जानकारी दिए ।
बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि प्रहरीले लाठीचार्ज र धरपकड गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar