काठमाण्डौ – सर्वोच्च अदालत परिषरमा कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले नेपाल प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
आज (बिहीबार) सर्वोच्च परिसरमा कानून व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएपछि प्रहरीको ब्याक सपोर्टमा सशस्त्रको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै परिचालन गरिएको हो । सर्वोच्च परिसरमा नेपाल प्रहरीका एसपीको कमाण्डमा प्रहरी कार्यालय नै स्थापित छ । सुरक्षा चुनौतीको अवस्था हेरेर नेपाल प्रहरीले अतिरिक्त प्रहरी टोली खटाउने गरेको छ । तर पनि आज प्रहरीको ब्याक सपोर्टमा सशस्त्र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि सर्वोच्च अदालत परिसरमा तनाव भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar