काठमाण्डौ – बागमती प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेकपा माओवादी केन्द्रका संसदिय दलका नेता शालिकराम जमकट्टेल पुनः मन्त्री बन्ने भएका छन् ।
आज बिहीबार वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बिस्तार गर्न लागेको नयाँ मन्त्रिपरिषद्मा धादिङका शालिकराम जमकट्टेललाई पनि समोश गर्न लागेका हुन् । अघिल्लो डोरमणी र्पौडेल नेतृत्वको सरकारका पालामा आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका जमकट्टेललाई यसपटक आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिईएको छ ।
उता जमकट्टेलसंगै नेपाली कांग्रेस संसदीय दलका सचिव निमा लामा पनि आज मन्त्री बन्दैछन् । लामा स्वास्थ्य मन्त्री बन्दैछन् । उनीहरुको आजै दिउँसो ५ बजेका लागि शपथ ग्रहणको तयारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
पहिलो चरणमा मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् । भँडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar