काठमाण्डौ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् ।
आज (बिहीबार) मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्र र नेपाली काँग्रेसका एक – एक जना समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार पाण्डेले माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्कट्टेल र काँग्रेस संसदीय दलका सचिव नीमा लामालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । जम्कट्टेललाई आर्थिक मामिला तथा योजना मन्त्री र लामालाई स्वास्थ्य मन्त्री नियुक्त गर्ने तयारी छ ।
जम्कट्टेल यसअघि एमाले नेतृत्वको सरकारमा पनि मन्त्री बनेका थिए । उनीहरुको आजै साँझ ५ बजे शपथ गर्ने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशका हाल कायम रहेको ८ मन्त्रालय मध्ये मुख्यमन्त्री पाण्डेले मुख्यमन्त्री कार्यालय सहित थप ४ मन्त्रालय सम्हाल्दै आएका थिए ।
मुख्यमन्त्री पाण्डेले स्वास्थ्य मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय आफू मातहत राखेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar