काठमाण्डौ – सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आजपनि सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनका वकिलहरुले धर्ना दिँदै नाराबाजी गरेका थिए । सो क्रममा प्रहरीसँग भएको झडपमा ५ वकिल घाइते भएका हुन् । नेपाल बार एसोसिएसनका वकिलहरुले आन्दोलनका क्रममा प्रधानन्यायाधीशलाई बिचौलियाको नाइके भएको आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए ।
वकिलहरुको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको र माइक खोसेका थिए । प्रहरीले हस्तक्षप गरेपछी केहिबेर प्रहरी र वकिलहरुवीच घम्साघम्सी नै भएको थियो । घम्साघम्सीका क्रममा प्रहरीसहित केहि वकिलहरु घाईते भएका छन् । घाइते हुनेमा बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल रहेका छन् । उनीहरुलाई सामान्य चोटपटक लागेको छ ।
वकिलहरूले आज काठमाण्डौ उपत्यकाभित्रका सबै अदालत र न्यायाधिकरणमा बिहान १० देखि १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय भएको थियो । जसअनुसार वकिलहरू कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा पुगेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar