भारत भ्रमणमा प्रधानसेनापति : यस्तो छ बुधबारको कार्यतालिका
न्युज डेस्कप्रकाशित मिति: २०७८ कार्तिक २४, बुधबार (३ साल अघि)
८७४ पाठक संख्या
काठमाण्डौ – प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा छन् ।
प्रधानसेनापति शर्मा भारतीय सेनाका समकक्षी मनोज मुकुन्द नरवणेको निमन्त्रणामा शर्मा भारत भ्रमणमा गएका हुन् ।
प्रधानसेनापतिका रूपमा शर्माको यो पहिलो विदेश भ्रमण हो । शर्माले मंगलबार नै आफ्ना समकक्षी नरवणेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सो भेटमा आपसी हित र पारस्परिक सहयोगबारे कुराकानी भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
शर्माले आज भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिने कार्यक्रम छ । यो उपाधि भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले दिनेछन् । नेपाल र भारतका सेनाबीच मानार्थ महारथीको उपाधि दिने प्रचलन रहँदै आएको छ । प्रधानसेनापति शर्माले भारतका राष्ट्रपति कोबिन्द, त्यहाँका रक्षा सचिव, वायु सेनाध्यक्षलगायतसँग शिष्टाचार भेट गर्ने कार्यतालिका पनि छ ।
शर्मा भ्रमण सकाएर कात्तिक २६ गते स्वदेश फर्कने छन् ।