खोटाङ – खोटाङमा भिरबाट लडेर पत्रकारको मृत्यु भएको छ ।
गएराति ओखलढुंगाबाट खोटाङ हुँदै धरान जाने क्रममा खोटाङको दिक्तेल – रुपाकोट – मझुवागढी नगरपालिका – ८ पंखु खोलामा लडेका किसन राईको उपचारका क्रममा मृत्यु भएको हो । यात्राका क्रममा राई सवार गाडी रोकेर शौच गर्ने क्रममा भिरबाट लडेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
ओखलढुंगाको मोलुङ गाउँपालिका – २ टेकनपुरबाट धरान नगरपालिका – १५ बसाइँ सरेका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष हुन् । राई हङकङबाट प्रकाशित हुने एभरेष्ट साप्ताहिक तथा एभरेष्ट खबर डटकमका प्रकाशक तथा सम्पादक र नेपाल आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष समेत हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar