झापा – नेकपा (एकीकृत समाजवादी) पार्टीका उप-महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले नैलुकाएको गम्भीर आरोप लगाएका छन् ।
शनिबार, झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले नै लुकाएको गम्भीर आरोप लगाएका हुन् । खतिवडाले ओलीको नेतृत्वमा बनेको एक कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै ओलीले उक्त प्रमाण लुकाएको आरोप लगाएका हुन् ।
त्यस्तै आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै दावी गर्ने ओलीले आफू दुई तिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत हत्याराको खोजी गर्न नसकेको बताए । ‘उहाँहरू(केपी र विद्या)ले हत्या गर्नुभयो पनि भन्दिन, हत्याको योजना बनाउनुभयो पनि भन्दिन’, ‘तर, हत्याराको प्रमाण लुकाउन उहाँहरू संलग्न हुनुहुन्छ भन्ने मलाई लाग्छ ।’ उनले भने ।
पार्टीका प्रचार विभाग प्रमुख तथा प्रवत्ता समेत रहेका नेता खतिवडाले नेकपा (एमाले)ले अहिले मदन भण्डारीको नाम मात्रै बेचिरहे पनि वास्तविक सम्मान दिन भने नसकेको आरोप लगाए । ‘मदन भण्डारीको लोकप्रियतालाई टेकेर मदन भण्डारी हुनुसक्छु कि भन्दै केपी ओलीले प्रधानमन्त्री छँदा कोशिस गर्नुभयो,’ ‘अहिले पनि ओली त्यही कोसिसमा छन् ।’ उनले भने ।
नेता खतिवडाले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै राष्ट्र र राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गरेको समेत आरोप लगाए । त्यस्तै एमालेमै बस्दा सच्चा कम्यूनिष्ट हुन नसक्ने ठहर गर्दै आफुले एकीकृत समाजवादीको यात्रा तय गर्नुपरेको नेता खतिवडाको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar