दार्चुला – दार्चुलाको एक स्थानिय तहमा कांग्रेसको वडा उपसभापतिलाई नै नेकपा एमालेले वडा सचिवको जिम्मेवारी दिएको छ ।
शनिबार सम्पन्न एमालेको वडा अधिबेशनका क्रममा महाकाली नगरपालिका वडा नं. २ मा आफ्नो पार्टीबाट प्रतिनिधी नपाएपछी कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएकालाई एमालेको वडा सचिवको जिम्मेवारी दिईएको हो । जिम्मेवारी पाउनेमा शंकर सिंह डोबाल रहेका छन् ।
उनी गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट महाकाली नगरपालिका – २ को उपसभापतिमा चयन भएका थिए। शनिबार गरिएको एमालेको वडा अधिवेशनमा पनि डोबाल वडा सचिवमा चयन भएका छन्। उता उपसभापति डोबलले औपचारीक रुपमा काँग्रेस छाडे नछाडेको जानकारी नगराउको कांग्रेस महाकाली नगरपालिकाकाले जनाएको छ । ‘एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार छैन’, कांग्रेस महाकाली नगरपालिकाका प्रवक्ता पदम सिंह महरले भने।
शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar