काठमाण्डौ – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कामकारवाही र भूमिकाप्रति असन्तुष्टी जनाँउदै कानून व्यवसायीहरुले राजिनामा माग गरेका छन् ।
केही वरिष्ठ कानून व्यवसायीको पहलमा नेपाल बार एशोसिएसनमार्फत आन्दोलनका लागि दबाव दिने र दवाब दिँदा पनि प्रधानन्यायाधीश जवराको राजिनामा नआए थप आन्दोलन गर्नेे तयारी गरेका हुन् । त्यस्तै राजिनामा नभए समानान्तर रुपमा दबाव अभियान चलाउने रणनीति समेत बनाएका छन् ।
उता प्रधानन्याधीश जबराको कामकारवाहीप्रति असन्तुष्ट उनीहरु न्यायालय शुद्धीकरण अभियान चलाउनुपर्नेमा एकमत छन् । तर आन्दोलनको शैलीका बारेमा भने एकमत छैनन् । उनीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने र त्यसो नभए महाभियोगका लागि दबाव अभियान अघि बढाउने धारणा पनि अघि सारेका छन् ।
नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसन भने संस्थागत रुपमा अहिले नै प्रधानन्यायाधीशविरुद्ध आन्दोलन शुरु गर्ने मनस्थितिमा पुगेका छैनन् । उनीहरु न्यायालय सुधारका केही विषय अघि सारेर दबाव अभियान चलाउनुपर्ने पक्षमा भने छन् ।
‘हामी अलि आक्रामक रुपमा नै अघि बढ्नुपर्छ भन्ने मनस्थितिमा छौं । प्रधानन्यायाधीशज्यूको क्रियाकलाप हेर्दा उहाँ महाभियोगको कारवाही अघि बढाउन योग्य हुनुहुन्छ भन्नेमा हामीमा कुनै दुविधा छैन’ न्यायपालिका शुद्धीकरण अभियानमा संलग्न एक कानून व्यवसायीले भने, ‘हामी सकेम्म नेपाल बार एशोसिएसनकै अगुवाइमा अभियान अघि बढाउन चाहन्छौं । भएन भने समानान्तर रुपमा भएपनि अघि बढ्नुपर्ने गरी छलफल शुरु भएको छ ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar