काठमाण्डौ – नेकपा एमालेले १०औँ महाधिवेशनका लागि २१ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ ।
च्यासलमा बसेको बैठकले चितवनमा हुने महाधिवेशन आयोजनाका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा २१ सदस्यीय मूल मूल व्यवस्थापन समिति गठन गरेको हो । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देबी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपील पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल छन् ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार सातवटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक-एकजना रहनेगरी मूल व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै बैठकले हालै सम्पन्न विधान महाधिवेशन सफल र ऐतिहासिक भएको निष्कर्ष निकालेको छ । बैठकले बाढीपहिरो र डुबानबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतका कार्यक्रमण घोषणा गर्न सरकारसँग माग गरेको छ । यस्तै, मौसम पूर्वानुमानलाई थप व्यवस्थित बनाउन आग्रह गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar