हेटौंडा – नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारका मन्त्रीहरुलाई झण्डा हल्लाउँदै मावली र ससुराली जाने इच्छा भए पनि परिस्थितिले त्यो सुविधा नदिएको बताएका छन् ।
आजदेखि शुरु भएको वागमती प्रदेशसभाको बैठकमा बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् । मन्तव्य राख्ने क्रममा पाण्डेले भने , ‘कता-कता मन्त्रीहरुलाई लाग्दो होला,सरकारी गाडीमा झण्डा हल्लाउँदै दशैंमा मावली र ससुराली जाऔंला भन्ने तर अल्पमतमा परिसकेको सरकारको मन्त्रीले त्यसो गर्न उचित होला र !’
त्यस्तै नेता पाण्डेले विश्वासको मत लिने प्रस्तावलाई तत्काल अघि बढाएर जतिसक्दो छिटो निर्क्यौलमा पुर्याउन पनि सभामुखलाई आग्रह गरेका थिए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar